सुदूर नेपाललाई विश्वसँग जोड्दै

हवाई जहाज चोरेर ५ घण्टा उडाएपछि दुर्घटना गराउने धम्की दिने व्यक्ति पक्राउ 

२०७९ भदौ १९, ०८:४४

एजेन्सी: संयुक्त राज्य अमेरिकामा हवाई जहाज नै चोरेर उल्टै दुर्घटना गराइदिने धम्की दिएका एक व्यक्ति पक्राउ परेका छन्। उत्तर–पूर्वी मिसिसिपीको टुपेलो सहरमा हवाई जहाज चोरेर उडाउने र दुर्घटनाको धक्की दिने कोरी वायन पिटरर्सनलाई प्रहरीले पक्राउ गरेको हो।

ती व्यक्तिले हवाई जहाजलाई घण्टौँसम्म घुमाएर वालमार्ट स्टोरमा जानाजान दुर्घटना गराउने धक्की दिएका एनडीटीभीले जनाएको छ। मिसिसिपीका गभर्नर टेट रिभ्सले ठूलो प्रयासले जहाज सामान्य अवस्थामै अवतरण गराइएको र कोही पनि घाइते नभएको बताएका छन्।

धेरै बेरसम्म उडाएपछि उनले जहाजलाई एक सुपर मार्केटमा लगेर ठोक्काइदिने धम्की दिएका थिए। उनले धम्की दिएपछि प्रहरीले एम्बुलेन्स, दमकल, उद्धारकर्तालगायत सबै स्रोत–साधन तयारी अवस्थामा राखेको थियो। बिचक्राफ्ट किंग एअर ९० विमान पाँच घण्टाभन्दा बढी समयसम्म उडेको थियो।

पाइलटको धम्कीपछि टुपेलो प्रहरी विभागले नागरिकलाई टाढा रहन आग्रह गरेको थियो। स्थानीय पत्रिका डेली जर्नलले विमान चोर्ने व्यक्ति टुपेलो क्षेत्रीय विमानस्थलका कर्मचारी रहेको बताएको छ। 

कमेन्ट लोड गर्नुस