सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको चर्चित व्यापारिक समूह टाटा ग्रुपका पूर्व अध्यक्षको निधन

२०७९ भदौ १९, ०८:३१

एजेन्सी: भारतको चर्चित व्यापारिक समूह टाटा ग्रुपका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन भएको छ। भारतीय मिडियाका अनुसार मुम्बई नजिकको पालघर भन्ने स्थानमा मिस्त्रीको गाडी दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनापछि मिस्त्रीलाई अस्पताल लगिए पनि त्यहाँ उनलाई मृत घोषणा गरिएको थियो। 

टाटा समूहका छैटौं अध्यक्ष 

सन् २०१२ डिसेम्बरमा रतन टाटाले टाटा सन्सको अध्यक्ष पदबाट राजीनामा दिएपछि यो पदमा साइरस मिस्त्री चुनिएका थिए। तर, चार वर्षभित्रै २०१६ अक्टोबर २४ मा टाटा सन्सले उनलाई अध्यक्ष पदबाट बर्खास्त गर्यो। उनको स्थानमा पुनः रतन टाटालाई अन्तरिम अध्यक्ष बनाइएको थियो। पछि सन् २०१७ जनवरी १२ मा एन चन्द्रशेखरनलाई टाटा सन्सको पूर्ण अध्यक्ष बनाइएको थियो। 

टाटा सन्सले मिस्त्रीको काम गर्ने तरिका टाटा सन्सको काम गर्ने तरिकासँग मेल नखाएकाले उनलाई बर्खास्त गर्न बाध्य भएको स्पष्टिकरण दिएको थियो। काम गर्ने शैली नमिलेका कारण कारण बोर्डका सदस्यको मिस्त्रीमाथिको विश्वास घटेको बताइएको थियो। टाटाको १५० वर्षभन्दा बढी इतिहासमा साइरस मिस्त्री छैटौं अध्यक्ष थिए।
 

कमेन्ट लोड गर्नुस