सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली-५ मा एमालेबाट प्रतिनिधि सभामा राना, प्रदेशमा को-को सिफारिस ? 

२०७९ भदौ १९, ०५:२१ खबर संवाददाता

धनगढीः नेकपा एमालेले कैलाली क्षेत्र नम्बर ५ मा संसदीय निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। आज (आइतबार) बसेको एमाले प्रदेश निर्वाचन समन्वय कमिटीको बैठकले क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा र प्रदेश सभाका आकांक्षी उम्मेदवार सिफारिस गरेको हो। 

सिफारिस हुनेमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ नारदमुनी राना रहेका छन्। यो निर्वाचन क्षेत्रमा उनी एकल सिफारिसमा परेका हुन्। कैलाली एमालेका इन्चार्ज समेत रहेका राना यसअघि यहाँ निर्वाचन क्षेत्रबाट विजयी भएका थिए। उनले काँग्रेस नेतृ आरजु राणा देउवालाई हराएका थिए। यसपटक पनि उनको प्रतिस्पधाए उनैसँग हुने सम्भावना छ। 

यस्तै एमालेले प्रदेश सभा क मा नेपालु चौधरी, यज्ञराज बास्तोला, राजेश खाती, तुलसी गौतम, विष्णु चन्द र सिताराम बुढाथोकी सिफारिस गरेको छ। उनीहरुलाई प्रदेश निर्वाचन समन्वय कमिटीले सिफारिस गरेर जिल्ला कमिटीमा पठाएको हो। त्यस्तै प्रदेश ख मा भने दुर्गा जोशी, विनय शाह, डिल्लीराज जोशी, यज्ञ ढुंगाना, चुडामणी भट्ट र सानु साउँद सिफारिस भएका छन्। संसदीय निर्वाचनका लागि सरकारले मंसिर ४ गतेको मिति तय गरिसकेको छ। 
 

कमेन्ट लोड गर्नुस