सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराबाट आरजु देउवाको नाम समानुपातिकमा सर्वसम्मत सिफारिस

२०७९ भदौ १७, ०५:२३ खबर संवाददाता

डडेल्धुरा: आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाको नाम डडेल्धुराबाट सिफारिस भएको छ। काँग्रेस डडेल्धुराको शुक्रबार बसेको बैठकले उनलाई प्रतिनिधि सभामा महिलातर्फबाट समानुपातिकका लागि सर्वसम्मत सिफारिस गरेको हो।

जिल्ला कार्यसमितिले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका  लागि प्रतिनिधितर्फ प्रत्यक्षमा प्रधानमन्त्री देउवाको नाम सर्वसम्मत सिफारिस गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी समेत रहेकी आरजु २०७० सालको चुनावबाट संविधानसभा सदस्य बनेकी थिइन्। उनी त्यसबेला पनि डडेल्धुराबाट समानुपातिक तर्फबाट निर्वाचित भएकी थिइन्। 

त्यसपछि भने २०७४ सालको निर्वाचनमा उनी कैलाली क्षेत्र नम्बर ५ बाट लडेर हारेकी थिइन्। राणा तत्कालीन बाम गठबन्धनका उम्मेदवार नारदमुनी रानासँग ४ हजार आठ सय ८० मत अन्तरले पराजित भएकी थिइन्। विजयी रानाले २७ हजार २०२ मत प्राप्त गर्दा राणाले २२ हजार तीन सय २२ मत मात्र प्राप्त गरेकी थिइन्।

कमेन्ट लोड गर्नुस