डडेल्धुराको अमरगढीबाट बेपत्ता भएकी महिला ऋषिखोला वनमा मृत फेला
२०७९ भदौ १७, ०४:१३
धनगढी: डडेल्धुरामा एक महिला मृत फेला परेकी छिन्। अमरगढी नगरपालिका–६ बस्ने अन्दाजी ३६ वर्षीया जमुना ताम्राकार शुक्रबार मृत फेला परेकी हुन्।
उनी यही भदौ १३ गते सोमबार साँझबाट बेपत्ता भएकी थिइन्। उनको शव आज सदरमुकामसँगै रहेको ऋषिखोला वनमा झुण्डिएको अवस्थामा फेला परेको हो।
अहिले घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए।
कमेन्ट लोड गर्नुस