सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि विष्ट सर्वसम्मत सिफारिस

२०७९ भदौ १७, १०:५६ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुर क्षेत्र नम्बर १ प्रदेश ‘क’ र ‘ख’ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसले दिवानसिंह विष्टको नाम सर्वसम्मतले सिफारिस गरेको छ।

मङ्सिर ४ मा हुने निर्वाचनका लागि संविधानसभा सदस्य समेत रहेका विष्टलाई सर्वसम्मत सिफारिस गरिएको नेपाली काँग्रेस क्षेत्र नम्बर १ प्रदेश ‘क’ का सभापति मानबहादुर रोकायाले बताए। 

त्यसैगरी प्रदेश ‘ख’ समितिले प्रदेशसभा सदस्य पदका लागि प्रत्यक्षतर्फ क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, प्रदेश ‘ख’ का सभापति चेतन कुमार राई, महाधिवेशन प्रतिनिधि जनक सिंह धामी , क्षेत्रीय सचिव विश्राम राना र रामकृष्ण रानाको नाम सिफारिस गरेको छ।

यस्तै समानुपातिकतर्प कृष्णबहादुर दमाई, चन्द्रबहादुर सिंह, दानबहादुर पाण्डे, प्रकाशराज पन्त, राधिका देवी जोशी, लालबहादुर रावत, शेरसिंह टेर र सगुना रानालाई सिफारिस गरिएको छ। प्रदेशसभा ‘क’ मा उम्मेदवारको टुंगो लागेको छैन।  

कमेन्ट लोड गर्नुस