सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा अरिङ्गालले टोकेर बालिकाको मृत्यु, २ जना घाइते

फाइल फोटो
फाइल फोटो
२०७९ भदौ १६, ०६:४५ खबर संवाददाता

धनगढीः बझाङमा अरिङ्गालले टोकेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको थलारा गाउँपालिकामा अरिङ्गालको टोकाइबाट एक बालिकाको मृत्यु भएको हो। 

प्रहरीका अनुसार मृत्यु हुनेमा थलारा ७ का गणेश सुनारकी ८ वर्षीया छोरी करिस्मा सुनार रहेकी छन्। सुनारलाई बिहिबार बिहान ८ बजेको समयमा घर नजिकै अरिङगालले टोकेको थियो। सर्पको टोकाइबाट घाइते भएकी उनलाई उपचारका लागि थलाराको खोली लागिएपनी उपचारका क्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

अरिङ्गालको गोलो घरभित्र पसेको र घरका अन्य दुई सदस्यलाई पनि घाइते बनाएको बताइएको छ। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत लगिएको छ। 
 

कमेन्ट लोड गर्नुस