सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा जिपले ठक्कर दिँदा एक जनाको मृत्यु 

२०७९ भदौ १५, ०७:०७ खबर संवाददाता

धनगढी: बझाङमा जिपले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

जिल्लाको चैनपुरदेखि बागथला गइरहेको सुपप्र ०१ ००१ च  २६९० नम्बरको जिपले केदारस्युँ गाँउपालिका वडा नम्बर १ मा पैदल यात्रीलाई ठक्कर दिएको हो। मृत्यु हुनेमा जिल्लाको विथ्थडचिर गाउँपालिका वडा नम्बर ९ बस्ने गगन ओखेडा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 

जिप र चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताए। 
 

कमेन्ट लोड गर्नुस