दार्चुलाका ४८ हजार पशुपन्छीलाई खोप लगाइयो
दार्चुला: दार्चुलामा एक वर्षको अवधिमा ४८ हजार पशुपन्छीलाई खोप दिइएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले एक वर्षको अवधिमा ४८ हजार पशुलाई खोरेत र पन्छीमा रानीखेत संक्रमण रोक्न खोप लगाएको हो।
जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकाका बस्तीहरूमा गएर पशु र पन्छीहरूलाई विभिन्न किसिमको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका कार्यालय प्रमुख रामबहादुर खड्काले बताए।
स्थानीय तहमा खोरेत रोग बाख्रामा पीपीआर तथा कुखुरामा रानीखेत नामक खोप लगाएको छ। पूर्ण खोप कार्यक्रमले पशुपन्छीमा रोग संक्रमण कम हुने कृषकहरूको विश्वास छ।