सुदूर नेपाललाई विश्वसँग जोड्दै

२१ दिनमै फेरिए दार्चुलाका डीएसपी

२०७५ फाल्गुन २०, ०५:१४ खबर संवाददाता

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी प्रमुख २१ दिनमै परिवर्तन भएका छन् । काज सरुवा गरिएका दार्चुला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजाल फेरि पुरानै दरबन्दीमा पठाईएका हुन् । आज प्रहरी प्रधान कार्यालयले निकालेको सरुवा सूचीमा उनको ठाउँमा डीएसपी दिपेन्द्र शाहीलाई पठाइएको छ । रिजाल यसअघि २८ माघमा महानगरीय प्रहरी पहरागञ्ज, सामाखुशीबाट दार्चुला सरुवा भएका थिए ।
 

कमेन्ट लोड गर्नुस