सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदुरपश्चिममा थेरापी उपचार सेवा सुरु

२०७५ फाल्गुन २०, ०१:३० कमल सावद

मेडिकल हवका रुपमा विकास हुदै गएको धनगढीमा थेरापी उपचार सेवा पनि सुरु भएको छ । धनगढीको हसनपुरमा वान होप पोलीप्याथिक हस्पिटल थेरापी उपचारका लागि सञ्चालनमा ल्याएपछि औषधीले निको नभएका विरामीहरु लाभान्वित भएका छन् । यसअघि विभिन्न किसिमका थेरापीका लागि अन्यत्र जानुपर्ने बाध्यता रहँदै आएकोमा अव त्यो बाध्यता पनि हटेको छ । धनगढीमा पेराथी पद्धतिबाट उपचार गर्न सकिने सुविधा थपिएको हो । भारत तथा काठमाण्डौ लगायतका पुर्वी भेगमा थेरापीको माध्मयले उपचार हुँदै आएकोमा सुदुरपश्चिममा पनि यो सेवा भित्रिएको हो ।

धनगढीको हसनपुरमा सञ्चालनमा ल्याईएको वान होप पोलीप्याथिक हस्पिटलले थेरापीको उपचार सेवा दिन थालेको हो । थेरापी सेवाका लागि भारत तथा काठमाण्डौ जानु पर्ने बाध्यताको अन्त्य भएको दावी गरिएको छ। देशका अन्य भागमा रहेको थेरापी सेवालाई धनगढीमा ल्याईएपछि औषधीले निको नभएका विरामीहरु लाभान्वित भएका छन् । बविता वडु र उद्धव वडु लगायतको समुहले सञ्चालनमा ल्याएको अस्पतालमा गत मंसीरदेखि सेवा दिन थालेपछि विरामीहरु बढी लाभान्वित भएका छन् । पाँच बर्षको अध्ययनपछि यो सेवा दिन थालेको अस्पतालका डाक्टर सगुन तिवारीले बताए । 

सुदूरपश्चिममा औषधीबाट उपचार सम्भव नभएका बिरामीहरुको संख्या धेरै देखेपछि थेरापी सेवा दिनका अस्पताल सञ्चालन गरेको बताएका छन्। थेरापीका लागि अत्याधुनिक ल्याव सेवा पनि सञ्चालन गरिएको छ । होमियो थेरापी र फिजियो थेरापी सेवा दिन थालिएपछि दैनिक विरामीहरुको भिड बढ्दै गएको छ । नसा, ढाड तथा जोर्नी, छाला, खुट्टा साथै बाथ, थाइराइड रोगका बिरामीहरुले सेवा लिन सक्ने सुविधा मिलाईएको छ । कलेजो सम्बन्धी रोग, सुगर तथा हेपाटाईटी सम्बन्धीका उपचार सेवा पनि दिईरहेको अस्पतालका डाक्टर तिवारीको भनाई छ । 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस