सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई आतङ्कवाद मुद्दामा जमानत

२०७९ भदौ १०, ०५:४८

एजेन्सी: पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सुरक्षात्मक जमानत स्वीकृत गरिएको छ। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई संघीय राजधानी इस्लामावादका अतिरिक्त इजलास न्यायाधीश जेबा चौधरी र प्रहरी अधिकारीलाई धम्की दिएको आरोपमा दर्ता गरिएको आतङ्कवादको मुद्दामा सेप्टेम्बर १ सम्मका लागि सुरक्षात्मक जमानत स्वीकृत गरिएको हो।

इस्लामावादको आतङ्कवाद नियन्त्रण अदालतले पाकिस्तान तेहरीक–ए–इन्साफ ९पीटीआई० का प्रमुख खानलाई बिहीबार अन्तरिम जमानत प्रदान गरेको हो। उनलाई एक लाख रुपैयाँको जमानतका लागि स्वीकृत दिइएको हो। इस्लामावादका सदर म्याजिस्ट्रेट अली जावेदको उजुरीका आधारमा इमरान खानविरुद्ध आतंकवादको मुद्दामा शनिबार अबेर राति मुद्दा दर्ता गरिएको थियो। 

तर, पूर्वप्रधानमन्त्री खानलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ र उनलाई सेप्टेम्बर १ सम्ममा अदालतमा उपस्थित हुन आदेश दिइएको छ। यद्यपि अदालतले पीटीआईका वकिल बाबर अवानको थप जमानतको अनुरोधलाई अस्वीकार गरेको छ। –एएनआई
 

कमेन्ट लोड गर्नुस