सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका ६९५ उम्मेदवारले अझै बुझाएनन् चुनाव खर्च 

२०७९ भदौ ८, ०७:२८ खबर संवाददाता

बाजुराः बाजुरामा स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरु मध्ये ६ सय ९५ जनाले अझै निर्वाचन खर्चको विवरण बुझाएका छैनन ९ सय १४ जना उमेदवारमध्ये ६ सय ९५ जनाको निर्वाचन खर्चको विवरण बुझाउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ।

स्थानीय तह निर्वाचन ऐन २०७४ को दफा ६४(४) अनुसार निर्वाचन खर्चको विवरण दल, उमेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा मितिको ३० दिनभित्र आयोगले तोकेको कार्यालयमा खर्चको विवरण बुझाइसक्नु पर्ने व्यवस्था छ। 

यदि उमेदवारहरूले तोकिएको समयमा निर्वाचन खर्चको विवरण पेश नगरेकोअवस्थामा दफा २५ को उपदफा (१). मा उल्लेख गरिय बमोजमी जरिमाना हुने गर्दछ। 
 

कमेन्ट लोड गर्नुस