कञ्चनपुरमा प्रेमी-प्रेमिका एकैदिन मृत फेला, युवतीलाई विवाह गर्ने भन्दै भगाएका थिए
धनगढीः कञ्चनपुरमा युवायुवती मृत अवस्थामा भेटिएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–४ का १८ वर्षीय दिनेश भट्ट र सोही नगरपालिका–५ बस्ने १८ वर्षकै पुजा देउवा आइतबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरुलाई प्रहरीले हालै अभिभावकको जिम्मा लगाएको थियो।
प्रेमीप्रेमिका समेत रहेका दुवैजना आ–आफ्नो घरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले जानकारी दिए। उनकाअनुसार लामो समयदेखि उनीहरु प्रेम सम्बन्धमा रहेका थिए। केही दिनअघि दिनेशले प्रेम विवाह गर्ने भन्दै पुजालाई भगाएर आफ्नो घर लगेका थिए।
पुजाका परिवारले इलाका प्रहरी कार्यालय गुलरियामा ठाडो उजुरी दिएपछि प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गरेको बताउँदै युवायुवतीको उमेर नपुगेको कारणले अभिभावकको जिम्मा लगाएको गिरीले जानकारी दिए।