सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा कारबाहीमा परिसकेका नेताले माओवादी छाडेको घोषणा गरेपछि... 

२०७९ भदौ ५, ०८:४८ खबर संवाददाता

धनगढी: गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै डडेल्धुराका ३ जना नेकपा माओवादीका नेतालाई कारबाहीको सिफारिस गरिएको थियो। 

नेकपा माओवादी अमरगढी नगर कमिटीले काँग्रेस विपीलाई सहयोग गरेको भन्दै नगर कमिटी इन्चार्ज सिद्धराज भट्टलाई कारबाही गर्न जिल्लासमक्ष सिफारिस गरेको थियो। यस्तै अमरगढी सह–इन्चार्ज करुणाकर ओझा र अमरगढी उपाध्यक्ष नारायण जोशी कांग्रेसको चुनावी अभियानमा सहभागी भएको भन्दै दुवैलाई कारबाहीका लागि सिफारिस गरिएको थियो। तीनैजनालाई कारबाहीका लागि गत जेठ १६ गते नै निर्णय गरेर सिफारिस गरिएको थियो। 

तर, कारबाही भइसकेका उनीहरुले हाल आएर पार्टी छाडेको घोषणा गरिरहेको अमरगढी अध्यक्ष यादव आझाले बताए। ‘पार्टीबाट पहिले नै कारबाही भएका व्यक्तिले अहिले आएर पार्टी छाडे भन्दै हिँड्ने गरिरहेकोले यस्ता भ्रममा नर्पन अमरगढीभित्रका माओवादी केन्द्रका साथीहरुलाई आग्रह गर्दछु’ उनले भने। उनीहरुले पार्टीविपरीत सामाजिक सञ्जालमा भ्रम छरिरहेको अध्यक्ष ओझाको भनाई छ। 

कमेन्ट लोड गर्नुस