सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा लाग्यो ‘नालायक सरकार मुर्दावाद’को नारा, मूल्यवृद्धि फिर्ता गर्न माग 

२०७९ भदौ ४, ०७:०१ खबर संवाददाता

डडेलधुरा:  अन्तर्राष्ट्रिय बजारको मूल्य मिल्नेगरि पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग गर्दै डडेल्धुरामा विद्यार्थीले प्रदर्शन गरेका छन्। नेपाली काँग्रेस (विपी) निकट नेविसंघ(विपी) र एमाले निकट अनेरास्ववियूले संयुक्त रुपमा शनिबार डडेल्धुरा सदरमुकाम बागबजारमा प्रदर्शन गरेका हुन्। 

पेट्रोलियम पदार्थका मूल्यवृद्धि फिर्ता तथा अन्तर्राष्ट्रिय बजारको मूल्य मिल्नेगरि समायोजनको माग गर्दै प्रर्दशन गरेको नेविसंघ(विपी)का अध्यक्ष मदन बोहराले बताए। विद्यार्थीहरुले, ‘पेट्रोलियम पदार्थका मूल्यवृद्धि फिर्ता गर, अन्तर्राष्ट्रिय बजारको मूल्य मिल्नेगरि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर, राष्ट्रघाती नागरिकता विधेयक फिर्ता गर, नालायक सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए। 

कमेन्ट लोड गर्नुस