सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्माण व्यवसायी साउदलाई जनकारबाही गर्ने चेतावनी 

२०७९ भदौ ४, १०:३८ खबर संवाददाता

धनगढी: नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले राजेन्द्र निर्माण सेवाका सञ्चालक भीमबहादुर साउँदलाई जनकारबाही गर्ने चेतावनी दिएको छ। शनिबार पार्टीको डडेल्धुरा समितिले विज्ञप्ति जारी गर्दै उनलाई कारबाहीको चेतावनी दिएको हो।

 जिल्ला इन्चार्ज डम्बर विष्ट र संयोजक सागरद्वारा हस्ताक्षरित  विज्ञप्तिमा भनिएको छ, ‘राजेन्द्र निर्माण सेवा प्रालिले डडेल्धुराको भित्री मधेश क्षेत्रमा पर्ने रंगुन खोला छेउछाउमा अवैध क्रसर उद्योग सञ्चालन, बुडर जोगबुडा सडक कालोपत्रे गुणस्तरहिन तथा बुडर दैजी सडक निर्माणका मजदुरहरुको पारिश्रमिक नदिएको विषयले हाम्रो पार्टीको गम्भीर ध्यानकर्षण भएको हुँदा निज प्रालिका सञ्चालकले अविलम्ब यी विषय समाधान नगरे जनताको जनकारबाहीको दायरामा ल्याउने व्यहोरा यसै विज्ञप्तिमार्फत चेतावनी दिन चाहन्छौं।’

निर्माण व्यवसायी साउद नेपाली काँग्रेस डडेल्धुराका सभापति पनि हुन्। 

कमेन्ट लोड गर्नुस