बाजुरामा जुवा खेलिरहेका ५ जना नगदसहित पक्राउ
धनगढीः बाजुराको बडिमालिका नगरपालिका वडा नं १ मा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। जुवा खालबाट शुक्रबार उनीहरुलाई १६ हजार १ सय २० रुपैँया नगदसहित प्रहरीले समातेको हो।
पक्राउ पर्नेहरु वडा नं १ का रहेको प्रहरीले जनाएको छ। तर, उनीहरुको पहिचान भने प्रहरीले ल्ुकाएको छ। उनीहरु बडिमालिका वडा नं १ सल्लेना बस्ने बुद्धबहादुर कार्कीले सञ्चालन गरेको पसलमा तास खेलिरहेको गोप्य सूचनाका आधारमा समातिएका थिए।