सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्माण व्यवसायी भीमबहादुर साउँदले मजदुरको ज्याला नदिएको भन्दै कारबाहीको चेतावनी 

२०७९ भदौ ३, ०७:१३ खबर संवाददाता

डडेल्धुरा:  वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी पार्टी डडेल्धुराले राजेन्द्र निर्माण सेवाका सञ्चालक भीमबहादुर साउँदलाई कारबाही गर्ने चेतावनी दिएको छ। बुधबार जिल्ला संगठत समितिले विज्ञप्ति जारी गर्दै साउदले बुडर–दैजी सडकमा काम गर्ने मजदुरको ज्याला नदिएको भन्दै कारबाही गर्ने चेतावनी दिएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘राजेन्द्र निर्माण सेवाका सञ्चालक भीमबहादुर साउदले बुडर–दैजी सडकमा काम गर्ने मजदुरको पारिश्रमिक अहिलेसम्म पनि नदिएको भन्दै व्यापक जनगुनासो आएको छ। मजदुरको ब्याजसहित यथासिघ्र भुक्तानी नभएको खण्डमा हाम्रो पार्टीले जनकारबाही गर्न बाध्य हुनेछ।’

कमेन्ट लोड गर्नुस