सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला जीप दुर्घटना : मृतक ११ जनाकै सनाखत (नामावली सहित)

२०७५ फाल्गुन १८, १०:२३ खबर संवाददाता

शुक्रबार राति दार्चुलामा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउने ११ जनाकै सनाखत भएको छ। दार्चुला सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिलातर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीप राताकाठा भन्ने स्थानमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो। जीप दुर्घटनामा परी मुत्यु हुनेमा दुहूँ गाउँपालिका–२ हिकिलाका ४१ वर्षीय कल्यानसिंह बडाल, उनकी १५ वर्षीया छोरी निर्मला बडाल र सोही स्थानकी ३५ वर्षीया पारुली धामी रहेका छन्। त्यस्तै दुहूँ गाउँपालिका– १ का २४ वर्षीय धनबहादुर बम, ४५ वर्षीया गोमती बम, ७१ वर्षीया धना बम र ५३ वर्षीया मानमती भट्टको पनि दुर्घटनामा परी ज्यान गएको प्रहरीले पुष्टि गरेको छ। 

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका निमित्त प्रहरी प्रमुख रवीन्द्र कठायतका अनुसार दुहूँ गाउँपालिका ४ की अन्दाजी ५५ वर्षीया अम्मरा बम, ७ वर्षीया आयुशा बम, बैतडी दोगाडाकेदार गाउँपालिका–६ सित्तडका प्रताप चन्द र २१ स्नेहा बमको पनि शव पहिचान भएको छ। दुर्घटनामा जीप चालक दीपक सिंह धामी घाइते छन्। उनको अवस्था गम्भीर छ। उनलाई जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको पिथौरागढ रिफर गरिएको प्रहरीले जनाएको छ।

 मृतकको नामावली

१) जिल्ला दार्चुला दुहु गाउपालिका २ हिकिला बस्ने बर्ष अ. ४१ को कल्यान सिंह बडाल
२) जिल्ला दार्चुला दुहु गाउपालिका २ हिकिला बस्ने बर्ष अ. १७ की निर्मला बडाल
३) जिल्ला दार्चुला दुहु गाउपालिका २ हिकिला बस्ने बर्ष अ. ३५ की पारुली धामी
४) जिल्ला दार्चुला दुहु गाउपालिका १ बस्ने बर्ष अ. २४ को धन बहादुर बम
५) जिल्ला दार्चुला दुहु गाउपालिका ४ दोला बस्ने बर्ष अ. ५५ की अम्मरा बम
६) जिल्ला दार्चुला दुहु गाउपालिका ४ दोला बस्ने बर्ष अ. ७ की आयुसा बम
७) जिल्ला दार्चुला दुहु गाउपालिका १ पिपलचौरी बस्ने बर्ष अ. ४५ की गोमती बम
८) जिल्ला दार्चुला दुहु गाउपालिका १ पिपलचौरी बस्ने बर्ष अ. ७१ की धना बम
९) जिल्ला बैतडी दोगडा केदार ६ सित्तड बस्ने बर्ष ६० को प्रताप बहादुर चन्द
१०) जिल्ला बैतडी दोगडा केदार ६ सित्तड बस्ने बर्ष २०/२१ की सिन्याहा बम
११) जिल्ला दार्चुला दुहु गाउपालिका १ बस्ने बर्ष अ. ५३ की मानमती बम

कमेन्ट लोड गर्नुस