सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला जीप दुर्घटना अपडेटः उपचारपछि १ जना डिस्चार्ज, २ जनाको अवस्था गम्भीर

फाइल फोटो
फाइल फोटो
२०७९ भदौ २, ०३:४८ खबर संवाददाता

धनगढीः बुधबार दार्चुलाको शैल्यशिखर नगरपालिका-६ उल्लानीस्थितमा भएको जीप दुर्घनामा परेका एक घाइते यात्रु डिस्चार्ज भएका छन्। गोकुलेश्वर अस्पतालमा उपचारपछि उनी डिस्चार्ज भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार जीपमा सवार ८ जनालाई उपचारको लागि गोकुलेश्वर अस्पताल दार्चुला पठाएकोमा उपचाररतमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। यस्तै अवस्था भने मध्यम रहेको बताइएको छ। 

सो दुर्घटनामा परेर बझाङका ४ जना पुरुष र १ महिलाको मृत्यु भएको थियो। जीप करिब ५ सय मिटर तल खसेको प्रहरीले बताएको थियो। 

कमेन्ट लोड गर्नुस