सुदूर नेपाललाई विश्वसँग जोड्दै

अझै फेला परेनन् महाकालीमा बगेका किशोरी 

२०७९ भदौ २, ११:३७ खबर संवाददाता

बैतडी: महाकाली नदीमा बगेर बेपत्ता भएका दुई जना किशोरी अझै फेला परेका छैनन्। एक हप्ता बितिसक्दा समेत किशोरीहरु फेला नपरेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए।

गत शुक्रबार दिउँसो नुहाउने क्रममा महाकालीमा बगेर बेपत्ता भएका बैतडीको दशरथचन्द नगरपालिका–८ साङडीकी कविता टमाटा र संगिता टमाटाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। महाकाली नदी किनार मौरा भन्ने स्थानबाट बगेर बेपत्ता भएका उनीहरुको दैनिक खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

अहिले पनि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुले बेपत्ता किशोरीहरुको खोजी कार्य जारी राखेका निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले बताए। 
 

कमेन्ट लोड गर्नुस