सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला जीप दुर्घटनाः घाइतेहरुको पहिचान खुल्यो (नामसहित) 

२०७९ भदौ १, ०६:१६ खबर संवाददाता

धनगढीः दार्चुलामा जीप दुर्घटनामा परेर घाइते भएकाहरुको पहिचान खुलेको छ।

प्रहरीका अनुसार घाइते हुनेमा मालिकार्जुन ३ की ५० वर्षीया गोमती देवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन ६ की ४० वर्षीया रेवती धामी र महाकाली नगरपालिका ३ का ३५ वर्षीय रमेश लुहार रहेका छन्।  उनीहरुको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।

बुधबार गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से१ज ५५१ नम्बरको जीप आज दिउसो शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटना भएको थियो। दुर्घटनामा परेर ५ जनाको ज्यान गएको बताइएको छ। तर उनीहरुको पहिचान भने खुल्न सकेको छैन। 

जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो। 

कमेन्ट लोड गर्नुस