कञ्चनपुरमा लागुऔषधसहित युवक समातिए
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।
बुधबार दिउँसो भीमदत्त नगरपालिका–४ महेन्द्रनगरबाट बेदकोट नगरपालिका–१ हातिथलाका २२ वर्षीय रोहित दमाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानएको छ। दमाईको साथबाट ७२ एम्पुल फिनारगन, ७३ एम्पुल एक्सोजेसिकसहितका लागुऔषध बरामद गरेको प्रहरीले जानकारी दिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले बताएको छ।