सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा बैंककै खाताबाट करिब १ लाख चोरिएपछि...

२०७९ भदौ १, ०१:५५ खबर संवाददाता

धनगढीः राष्ट्रिय वाणिज्य बैंक बझाङबाट एक सेवाग्राहीको पैसा चोरिएको छ। भोजपुर घर भएका हाल बझाङको सदरमुकाम चैनपुरमा बस्दै आएका साङ्गे शेर्पाको खाताबाट रकम चोरिएको हो।

उनले आफ्नो खाताबाट ९८ हजार रुपैयाँ चोरिएको बताए। शेर्पाका अनुसार उनले गत वर्ष मंसिर २८ गते चेक पुरानो भएपछि बैंकबाट नयाँ चेक लिएका थिए। तर, उनले पुरानो चेक छोडेर गएको बताएका छन्। तर, आज उनले आफ्नो खातामा रकम चेक गरेर निकाल्न खोज्दा रकम नभेटिएपछि चोरिएको थाहा पाएका हुन्। 

बैंक प्रशासनका अनुसार पुरानो चेकबाट अनिल रोकाया नाम गरेका मान्छेले भुक्तानी लिएको देखिएको छ। अहिले रोकायाको पहिचान गर्न सिसिटिभि फुटेजबाट खोज्ने काम भईरहेको बताइएको छ।

कमेन्ट लोड गर्नुस