सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला प्रहरी कार्यालय बैतडीमा नयाँ प्रहरी प्रमुख शाही हाजिर

२०७९ साउन ३१, ०७:५३ खबर संवाददाता

धनगढी: जिल्ला प्रहरी कार्यालय बैतडीमा नयाँ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही हाजिर भएका छन्। प्रहरी प्रधान कार्यालयले केही दिन पहिले बैतडीको प्रहरी प्रमुखममा सरुवा गरेका डीएसपी शाही सोमबार कार्यालयमा हाजिर भएका हुन्।

डीएसपी रमेशबहादुर पालको सरुवा भएपछि शाही प्रहरी प्रमुखको रुपमा बैतडी हाजिर भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। डीएसपी पालको प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन शाखामा सरुवा भएको हो। कैलाली घर भएका डीएसपी शाहीले भर्खर बैतडी पुगेकाले वस्तुस्थिती बुझ्ने काम भइरहेको र जिल्लामा शान्ति सुरक्षा कायम गर्न एवं अपराध न्यूनीकरण गर्न आफूले पहल गर्ने बताए। 
 

कमेन्ट लोड गर्नुस