सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीमा बगेका किशोरी अझै भेटिएनन्

फाइल फोटो
फाइल फोटो
२०७९ साउन २९, ०१:३६ खबर संवाददाता

धनगढीः महाकाली नदीमा दुई दिनदेखि  बेपत्ता दुई किशोरी अझै भेटिएका छैनन्। जिल्ला प्रहरी कार्यालय बैतडीले दशरथ चन्द नगरपालिका– ८ सांगडीका १५ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटाको अवस्था अझै अज्ञात रहेको जनाएको छ।

उनीहरूको खोजीका लागि महाकाली नदी किनारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। उनीहरू शुक्रबार दिउँसो २ बजे नुहाउने क्रममा महाकाली नदीस्थित मौराबाट बेपत्ता भएका थिए। खबर पाएसँगै उनीहरूको खोजीका लागि साँझ पौने ७ बजे प्रहरी परिचालन भएका थिए।  

दुवै किशोरी राजकीय इन्टरकलेज झुलाघाट भारतमा कक्षा १० मा अध्ययन गर्दै थिए।


 

कमेन्ट लोड गर्नुस