सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीमा बगेर बेपत्ता भएका किशोरीहरुको खोजी जारी 

फाइल फोटो
फाइल फोटो
२०७९ साउन २८, ०८:३९ खबर संवाददाता

धनगढी: शुक्रबार महाकाली नदीमा बगेर बेपत्ता भएका किशोरीहरुको खोजी कार्य जारी रहेको छ। हिजो दिउँसो नुहाउने क्रममा दुई जना किशोरी बगेर बेपत्ता भएका थिए।

बैतडीको दशरथचन्द नगरपालिका-८ की १५ वर्षीया संगीता टमाटा र १६ वर्षीया कविता टमाटा बगेर बेपत्ता भएका हुन्। निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीका अनुसार महाकाली नदी किनार मौरा भन्ने स्थानबाट उनीहरु बगेर बेपत्ता भएका थिए। उनीहरु दिउँसो नै बेपत्ता भएका भए पनि साँझ मात्रै प्रहरीलाई खबर गरिएको बताइएको छ।

शुक्रबार राति खोजी गरेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शनिबार बिहानैदेखि खोजी गरिरहेको निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले बताए। उनका अनुसार किशोरीहरु बगेर बेपत्ता भएको बारे झुलाघाट बाहेक अन्य ठाउँमा रहेका सशस्त्र प्रहरीका बिओपी र सीमामा रहेका भारतीय सुरक्षाकर्मीहरुलाई समेत जानकारी गराइएको छ। 
 

कमेन्ट लोड गर्नुस