सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा दुई किशोरीलाई महाकाली नदीले बगायो

फाइल फोटो
फाइल फोटो
२०७९ साउन २७, ०८:१६ खबर संवाददाता

बैतडीः महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरीहरु बेपत्ता भएका छन्। दशरथचन्द नगरपालिका ८ का १५ वर्षीया कविता टमटा र १४ वर्षीया संगीता टमटा महाकाली नदीमा बगेर बेपत्ता भएकी हुन्। 

नुहाउने क्रममा शुक्रबार दिउँसो २ बजे नगतडीबाट महाकालीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बेपत्ता किशोरीहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस