सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा करेन्ट लागेर घाइते भएका विद्युत कर्मचारीको मृत्यु 

२०७९ साउन २७, ०९:४९ खबर संवाददाता

बाजुरा: बाजुरा बाजुराको बुढीगंगा नगरपालिकामा करेन्ट लागेर घाइते भएका भक्त रावलको मृत्यु भएको छ। बडीमालिका नगरपालिका–८ का रावल विद्युत प्राधिकरण बाजुरा वितरण शाखामा कार्यरत थिए। 

विहीबार लाइन चेक गर्ने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि बयालपाटा अस्पताल अछाम लगिएको थियो। थप उपचारका लागि त्यहाँबाट नेपालगञ्ज लगिएका उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस