सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय श्रीकृष्णभावनामृत संघका नेपाल प्रमुख पत्री दास धनगढीमा

२०७९ साउन २६, ०९:३४ खबर संवाददाता

धनगढी: अन्तर्राष्ट्रिय श्रीकृष्णभावनामृत(इस्कोन) का नेपाल प्रमुख पत्री दास धनगढी आएका छन्। बिहिबार पत्रीदास धनगढी आएका हुन्। धनगढी विमानस्थलमा इस्कोन प्रमुख दासलाई धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालसहित इस्कोन नेपालका सदस्यहरूले स्वागत गरेका हुन्।

इस्कोन प्रमुख दासले शुक्रबार जनै पूर्णीमा र बलराम जयन्तीको अवसरमा धनगढी उपमहानगरपालिका वडा नम्बर दुईमा रहेको इस्कोन भजन हलको समुदघाटन गर्ने कार्यक्रम रहेको इस्कोन धनगढी प्रमुख हलधर नेताई दासले बताए। कृष्णभावमामृत संघ (इस्कोन) ले भागवत गीता ज्ञानको रहस्य र कृष्ण महिमाको संसारभर प्रचारप्रसार गर्ने गरेको छ।

कमेन्ट लोड गर्नुस