सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोकसेवा परीक्षाः ६ जनाको कोटामा ५१९ गए, तर सबै फेल

२०७९ साउन २६, ०२:२७ खबर संवाददाता

काठमाडौंः लोकसेवा आयोग,बुटवल कार्यालयले अमिन पदमा लिएको लिखित परीक्षामा कसैले पनि पास गर्न नसकेको  पाइएको छ। उक्त पदमा पाँच सय १९ जनाले लिखित परीक्षा दिएका थिए।

माग पद संख्या भने ६ जनाको मात्रै थियो। आयोगले लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको जनाएको छ।

‘बुटवलको देहायको विज्ञापनको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’नतिजा प्रकाशनमा भनिएको छ।

कमेन्ट लोड गर्नुस