सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यार्थी र शिक्षक बिरामी पर्न थालेपछि विद्यालय बन्द

२०७९ साउन २५, ०३:२३ खबर संवाददाता

धनगढीः विद्यार्थी र शिक्षकमा रुघाखोकी र ज्वरो देखिएपछि बेंसीशहर नगरपालिका ७ को जनविकास मावि र युनिर्भसल एकेडेमी बन्द गरिएको छ। जनविकास माविका प्रधानाध्यापक रत्नमान श्रेष्ठका अनुसार डेढ सयभन्दा बढी बिरामीमा रुघाखोकी र ज्वरोको समस्या देखिएको छ।

विद्यालय आएका ५० भन्दा बढी विद्यार्थीमा समस्या देखिएको र एक सय बढी विद्यार्थी बिरामीका कारण विद्यालयमा उपस्थित हुन नसकेपछि बुधबार र बिहीबार विद्यालय बन्द गरिएको उनले बताए। शुक्रबार र शनिबार बिदा नै छ। ‘चार दिन हेरौं,’ उनले भने। जनविकासमा एक हजार दुई सय विद्यार्थी पढ्छन्।

युनिर्भसल एकेडेमीका प्रिन्सिपल विमल अधिकारीका अनुसार तल्लो तहका विद्यार्थीमा रुघाखोकी र ज्वरोको समस्या बढी देखिएपछि विद्यालय बन्द गरिएको हो। नर्सरीदेखि ५ कक्षासम्मका ५० जना विद्यार्थीमा समस्या देखिएको छ। उनका अनुसार नर्सरीदेखि कक्षा पाँचसम्म सय पाँच सय विद्यार्थी छन्। ६ देखि माथिका विद्यार्थीमा भने समस्या नदेखिएको उनले बताए।

बेँसीशहर नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव किसानराज चिलुवालले विद्यार्थीमा स्वास्थ्य समस्या देखिएपछि जनविकास मावि बेंसीशहर र युनिभर्सल एकेडेमीको पाँच कक्षासम्म बन्द गरिएको बताए।

कमेन्ट लोड गर्नुस