सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पञ्चेश्वर नागरिक आरोग्य केन्द्रमा पूर्वकर्म सेवा सुरु

२०७९ साउन २५, ०७:५७ खबर संवाददाता

धनगढी: बैतडीको पञ्चेश्वर गाउँपालिका-४ स्थित नागरिक आरोग्य केन्द्रमा मंगलबारबाट पूर्वकर्म सेवा सुरु गरिएको छ। नागरिकको आयुर्वेद उपचार पद्धतिमा पहुँच वृद्धि गर्ने उद्देश्यसहित पूर्वकर्म सेवा सुरु गरिएको बताइएको छ।

पूर्वकर्म सेवा अन्तर्गत स्वेदन र स्नेहन सेवा सुरु गरिएको हो। बाथरोग, दुखाई लगायतका समस्याबाट पीडितलाई लक्षित गरी स्नेहन र स्वेदन सेवा सुरु गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका प्रमुख हिक्मतबहादुर चन्दले बताए। मोटोपन घटाउन पनि यो पद्धति निकै लाभदायक रहेको उनले बताए। जिल्लाको पुर्चौंडी नगरपालिका, सुर्नया, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा आरोग्य केन्द्र सञ्चालनमा रहेका छन्। 

कमेन्ट लोड गर्नुस