बैतडी प्रहरी र सरकारी वकिलको कार्यालयका नाममा कारण देखाउ आदेश जारी
धनगढी: उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले जिल्ला प्रहरी कार्यलय बैतडी र सरकारी वकिल कार्यालको नाममा कारण देखाउ आदेश जारी गरेको छ। न्यायधिश कृष्णलाल भट्टराईको इजलासले जिल्ला प्रहरी र सरकारी वकिलको कार्यालयको नाममा कारण देखाउ आदेश जारी गरेको हो।
मेलौली नगरपालिका वडा नम्बर २ का निवर्तमान वडाध्यक्ष महेन्द्रबहादुर चन्दले आफूमाथी स्थानीयले कुटपिट गरेको र त्यसको उजुरी दुबै कार्यालयले नलिएको भन्दै परमादेशको माग राख्दै रिट निवेदन दिएका थिए।
उच्च अदालत फैसलाअनुसार महेन्द्रबहादुर चन्दको जाहेरी दर्ता नगर्नुको कारण खुलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्नु पर्ने छ।