सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा एक हजार ३ सय मतदाता थपिए

२०७९ साउन २४, ०२:०० खबर संवाददाता

बाजुरा: स्थानीय तहको निर्वाचनपछि बाजुरामा एक हजार तीन सय ७९ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ। निर्वाचन आयोगले सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अन्र्तगत दुई महिनामा यो संख्या बढेको कार्यालयले जानकारी दिएको छ। 

फोटोसहितको मतदाता नामावली जिल्ला बाहिरका १३ जनाले पनि बाजुराबाट नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बाजुराका सूचना अधिकारी विशाल पुडासैनीले बताए। नयाँ थपिएसँगै जिल्लामा ८८ हजार दुई सय १४ मतदाता सङ्ख्या पुगेको छ। 

कमेन्ट लोड गर्नुस