सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुरचौंडी नगरपालिकाकी पूर्व उपप्रमुखले फिर्ता गरिन् सामान

२०७९ साउन २३, ०६:४६ खबर संवाददाता

धनगढी: बैतडीको पुरचौंडी नगरपालिकाकी पूर्व उपप्रमुख जयन्ती ऐर बमले नगरपालिकाबाट व्यक्तिगत प्रयोगका लागि बुझेको सबै सामान फिर्ता गरेकी छन्। उनले आइतबार नगरपालिकाका जिन्सी शाखा प्रमुख उत्तमबहादुर बिष्टलाई सबै सामान फिर्ता गरेको बताइन्।

नगरपालिकालाई जिन्सी सामान बुझ्न पटकपटक ताकेता गरेपनि नबुझेको कारण आइतबारसम्म बुझाउन नसकेको बताइन्। पूर्व उपप्रमुख ऐर बमले नगरपालिकाले गएको पाँच वर्षमा खरिद गरेको सम्पूर्ण जिन्सी सामान सार्वजनिक गर्नुपर्ने माग राखेको दिनेशखबरलाई बताइन्।

कर्मचारीको लापरबाहीले सामान बुझाउन ढिलो भएको उनले बताइन्। यस्तै नगरपालिकाले पनि एक विज्ञप्ति निकालेर पूर्व प्रमुख र उपप्रमुखले आइतबार नै सबै सामान बुझाएको जनाएको छ। 

कमेन्ट लोड गर्नुस