सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ शैक्षिक सत्रका लागि सुदुरपश्चिममा ८५ प्रतिशत पाठ्यपुस्तक पुग्याे

चैत १० गतेदेखि बिक्री वितरणको तयारी

२०७५ फाल्गुन १६, ०७:५७ सीताराम ओझा

नयाँ शैक्षिक सत्र सुरु हुन डेढ महिना बाँकी रहेका वेला सुदुरपश्चिमका लागि आवश्यक पर्ने ८५ प्रतिशत पाठ्यपुस्तक धनगढी पुगेको छ । आगामी वैशाखको पहिलो सातादेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि चाहिने पाठ्यपुस्तकको ८५ प्रतिशत पाठ्य पुस्तक धनगढी पुगेको हो । बाँकी रहेको पाठ्यपुस्तक पनि यो महिनाभित्रै आई पुग्ने जनक शिक्षा सामाग्री केन्द् लिमिटेड धनगढीले जनाएको छ । आवश्यक पाठ्य पुस्तक चैत १० गतेदेखि बिक्री वितरणको तयारी गरिएको छ । प्रायः सधैं पाठ्य पुस्तकको अभाव हुने गरेकोमा समयमै विद्यार्थीको हातमा पुग्ने जनक शिक्षाको दावी रहेको छ । 

सुदुरपश्चिम प्रदेशका विद्यार्थीहरुले समयमै पाठ्य पुस्तक नपाउने नियती रहँदै आएकोमा नयाँ शैक्षिक सत्रका लागि समयमै विद्यार्थीको हातमा पाठ्य पुस्तक दिनका लागि जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले तयारी थालेको छ । सुदुरपश्चिमका विद्यार्थीहरुलाई समयमै पाठ्य पुस्तक हातमा पुराउनका लागि नयाँ शैक्षिक लाग्न डेढ महिना बाँकी रहँदा अधिकांश पुस्तक धनगढी स्थित कार्यालयमा ल्याई सकिएको जनक शिक्षा सामाग्री केन्द्र धनगढीका बरिष्ठ सहायक प्रवन्धक दिवाकर सिलवालले जानकारी दिए । 
फागुनको आधा लाग्दा हालसम्म २४ लाख ५० हजार थान पुस्तक धनगढी स्थित गोदाममा भण्डार गरिएको छ । गोदाम अपुग भएपछि नेशनल टेडिङको गोदामा भाडामा लिएर पनि भण्डार गरिएको छ । फागुन महिनाको अन्तिम समयमसम्म आवश्यक सवै पाठ्य पुस्तक पुगिसक्ने छ । त्यसपछि चैत १० गतेदेखि वितरणको तयारी भईरहेको छ । दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर पाठ्य पुस्तक वितरणको काम अगाडी बढाईने योजना बनाईएको छ । 

गत बर्ष  सुदुरपश्चिम प्रदेशमा २२ लाख ९० हजार थान पाठ्य पुस्तक बिक्री भएकोमा नयाँ शैक्षिक सत्रका लागि भने त्यसकोभन्दा वढी पाठ्य पुस्तक धनगढी ल्याई सकिएको छ । कक्षा ५ देखि १० सम्मका पाठ्यपुस्तको केही सेट भने आउन बाँकी रहेको छ । फोहोर साल पनि समयमै पाठ्य पुस्तक पुराएको दावी गर्ने जनश शिक्षा सामाग्री केन्द्रले नयाँ शैक्षिक सत्रको सुरुमै सम्बन्धित क्षेत्र र विद्यार्थीहरुको हातमा पाठ्य पुस्तक पुराउने जनक शिक्षा सामाग्री केन्द्र धनगढीका बरिष्ठ सहायक प्रबन्धक दिवाकर सिलवालको दावी रहेको छ । 
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस