सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको आलितालमा आगलागी, एक बालिकाको मृत्यु

२०७५ फाल्गुन १५, ०८:१४ खबर संवाददाता

डडेल्धुराको आलितालमा गाउँपालिकामा आगलागी हुदाँ एक बालिकाको मृत्यु भएको छ भने एक गम्भीर घाईते भएकी छन्। जिल्लाको आलीताल गाउँपालिका वडा नम्वर ८ गोदाम बजारमा गयराती आगलागी भएको हो। गोदामबजारका उत्तम थापाको किराना पसलबाट आगलागी हुदाँ थापाकी ८ बर्षीय छोरी आरती थापाको मृत्यु भएको प्रहरीले जनाएको उनकै जेठी छोरी ११ बर्षीय निरुता थापा गम्भीर घाईते भएकी छिन्।

उनलाई उपचारका लागि धनगढी ल्याईएको छ। आगलागीका कारण अन्य घरमा पनि क्षती भएको छ भने आगलागीको कारण खुल्न सकेको छैन्। 
 

कमेन्ट लोड गर्नुस