सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका विभिन्न स्थानमा सडक अवरुद्ध

फाइल फोटो
फाइल फोटो
२०७९ साउन १७, ०८:२७ खबर संवाददाता

धनगढी: बाजुरका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। लगातारको वर्षाको कारण पहिरो खस्दा विभिन्न ठाउँमा सडक अवरुद्ध भएका हुन्।

जिल्लाको बुढीगंगा नगरपालिका-२ ताप्रेसेरा र सोही नगरपालिकाको वडा नम्बर ६ बार्जुघाटस्थित सडकखण्ड पहिरोले अवरुद्ध भएको प्रहरीले बताएको छ। अहिले पनि वर्षा भइरहेकाले वर्षा रोकिएपछि पहिरो पन्छ्याइने प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यस्तै, बुढीगंगा-१ को बल्देमा पनि साउन पहिलो साताबाटै सडक अवरुद्ध रहेको र अझै पनि सडक खोल्न सकिने सम्भावना नरहेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस