कञ्चनपुरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते
धनगढी: कञ्चनपुरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्रब ६ बन्समीतीमा साइकललाई मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका हुन्।
सोही नगपालिकाको वडा नम्बर १२ बस्ने जगदिश जोशीले चलाएको झलारीबाट महेन्द्रनगर तर्फ जादैँ गरेको म२प२६४१ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिँदा साइकल चालक ६२ वर्षीय अनिदत्त जोशी घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
घाइते जोशीको उपचार धनगढीको मायामेट्रो अस्पतालमा भइरहेको र मोटरसाइकल चालक र मोटरसाइकल इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ।