सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको एक विद्यालयमा लफडा, कार्यालय सहयोगी राख्न बाझाबाझ

२०७९ साउन १६, ०४:४२ खबर संवाददाता

धनगढीः दार्चुलाको एक विद्यालयमा कार्यालय सहयोगी राख्ने विषयले लफडा पैदा गरेको छ। जिल्लाको मालिकार्जुन गाउँपालिका २ मा रहेको रानीस्थान आधारभूत विद्यालयमा कार्यालय सहयोगी राख्ने विषयमा विवाद उत्पन्न भएको हो। 

यहीँ विषयलाई लिएर विद्यालय प्रशासन र गाउँपालिकाको शिक्षा शाखाबीच बाझाबाझ भएको छ। विद्यालय प्रशासनले मनोमानी ढंगले कार्यालय सहयोगी भर्ना गर्न लागिएको भन्दै आपत्ति जनाएको छ। प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको निर्णयले हुने काम शिक्षा शाखा प्रमुख लोकेन्द्रसिंह धामीले गर्न लागेको प्रअ कल्यानसिंह धामीले बताए।

कार्यालय सहयोगी पदका लागि जम्मा ६ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारहरुको हस्ताक्षरसहित जस्ताका त्यस्तै शिक्षा शाखामा लिई सो प्रक्रिया अगाडि बढाउन विद्यालयको पहिलो बैठकमै विषय विशेषज्ञ छनोट गर्ने व्यवस्थापन समितिको अधिकार शिक्षा शाखाबाट हनन भएको बताइएको छ। 

यता, शिक्षा शाखा प्रमुख धामीले भने परीक्षा लिएर मात्र कार्यालय सहयोगी छनोट गर्ने बताएका छन्। विद्यालय प्रशासन र विव्यस अध्यक्षले आफ्नो तरिकाले कार्यालय सहयोगी राख्ने चलखेल गरिरहेको उनको आरोप छ।
 

कमेन्ट लोड गर्नुस