सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका उच्च लेकाली क्षेत्रमा छैटौं पटक हिमपात

२०७५ फाल्गुन १४, ०६:२० सीपी लोहीया

यो बर्ष सुदूरपश्चिमका उच्च लेकाली क्षेत्रमा छैटौं पटक हिमपात भएको छ । हिमपातका कारण उच्च क्षेत्रहरुमा निकै चिसो बढेको स्थानीयहरुले बताएका छन् । बैतडीका सतबाँझ, खोड्पे, श्रीभावर लगायतका क्षेत्रहरुमा हिमपात भएको हो । हिमपातले स्थानीयहरुको दैनिक जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण उच्च क्षेत्रहरुमा फागुन महिनामा समेत निकै चिसो बढेको छ । बेला बेलामा भईरहेको हिमपातले उच्च लेकाली क्षेत्रका बासिन्दाहरुलाई समस्या भएको स्थानीयहरुले बताएका छन् ।

हिमपातले सिंचाई नभएका ठाउँमा भने सिंचाइको काम गरेकाले हिउँदे बाली तथा तरकारीको उत्पादनमा वृद्धि हुने आशा पलाएको किसानहरुले बताएका छन् । हिमपातले बैतडीका ग्रामीण सडकहरु हिलाम्मे भएर सवारी साधन संञ्चालनमा पनि समस्या भएको सवारी चालकहरुले बताएका छन् ।
 

सीपी लोहीया दिनेश खवरका बैतडी संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस