सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सडकका बत्तीको बेहाल, मर्मत गर्न उपमहानगरसँग छैन ‘पैसा’

२०७९ साउन १६, ०४:२१ महेश वडू

धनगढीः धनगढी उपमहानगरपालिकाको मुख्य सडकका अधिकांश सडक बत्ती बिग्रेका छन्। जसले राति सवारीसाधन चलाउँदा र आवतजावत गर्दा दुर्घटना तथा अन्य घटनाको जोखिम बढेको स्थानीयले बताएका छन्। नगर क्षेत्रभित्र रहेका अधिकांश सडक बत्तीहरु बिग्रेर नबल्ने अवस्थामा रहेका छन्। 

लामो समयदेखि सडकका बत्तीहरु बिग्रिएकोमा मर्मतमा भने कसैको ध्यान जान नसकेको धनगढी चौराहका राजेश बोहराले बताए। उनले भने, ‘रातको समयमा हिँडडुल गर्न तथा साईकल चलाउन पनि डर लाग्छ। सडक बत्ती कहीँ कतै बलेपनि अधिकांश बत्ती बल्दैनन्।’ उनले यसतर्फ कसैको ध्यान जान नसकेको दाबी गरे। 

यस्तै सडक बत्तीहरु नबन्दा सास्ती हुने गरेको अर्का स्थानीय दिपक बिष्टले गुनासो गरे। यता, उपमहानगरले भने पुराना बत्ती मर्मतका लागि बजेट नभएको बताएको छ। साथै बत्ती मर्मत गर्न जनशक्तिसमेत नभएको बताइएको छ। 
 

महेश वडू दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस