सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकी राष्ट्रपति बाइडनलाई कोरोना 

२०७९ साउन १५, ०७:५१ खबर संवाददाता

काठमाडौंः अमेरिकी राष्ट्रपति जो बाइडन पुनः कोरोना संक्रमित भएका छन्। उनका डाक्टरहरुले यसलाई ‘रिबाउन्ड इन्फेक्सन’ भनेका छन्। राष्ट्रपति बाइडनमा सबैभन्दा पहिले २१ जुलाईमा कोरोनाबाट संक्रमण पुष्टि भएको थियो। उनमा कोरोना संक्रमणको सामान्य लक्षणहरु थिए।

त्यसपछि गत मंगलबारदेखि शुक्रबारसम्म चार पटक गरिएका परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो। तर अहिले फेरि बाइडनमा कोरोना संक्रमण देखिएको बीबीसीले जनाएको छ।

कमेन्ट लोड गर्नुस