सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको जयपृथ्वी नगरपालिकाको एमबिबिएस छात्रवृत्ति आवेदन खुल्ला

फाइल फोटो
फाइल फोटो
२०७९ साउन १२, ०७:५४ खबर संवाददाता

धनगढी: बझाङको जयपृथ्वी नगरपालिकाले एमबिबिएस पढ्न चाहनेहरुका लागि बिहीबारबाट आवेदन खुल्ला गरेको छ। एमबिबिएस पढ्न चाहने जयपृथ्वी नगरपालिकाभित्रका विद्यार्थीका लागि छात्रवृत्तिको आवेदन खुला गरेको हो। 

विज्ञान संकायबाट कक्षा १२ पास गरेका र नेपाल सरकारले लिने एमबिबिएसको प्रवेश परीक्षामा नाम निकालेका विद्यार्थीलाई नगरपालिकामा यही साउन १८ गतेभित्र आवेदन दिन नगरपालिकाले सूचना जारी गरेको छ। 

छात्रवृत्ति पाउनका लागि कक्षा ६ देखि कक्षा १० सम्म नगरपालिकाभित्रका माध्यमिक विद्यालयमा पढेको हुनुपर्नेछ। १२ कक्षामा विज्ञान विषय लिई नेपालभरको जुनसकै विद्यालयबाट भए पनि पास गरेको जयपृथ्वी नगरपालिकाभित्रको स्थायी नागरिक हुनुपर्ने मापदण्ड तोकिएको छ। 

कमेन्ट लोड गर्नुस