भारतीय कंग्रेसका नेता राहुल गान्धी पक्राउ
एजेन्सी: भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई मंगलबार हिरासतमा राखिएको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफ्तार गरेको थियो।
सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा बोलाइएको थियो। नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोनिया ईडी जाँदैछिन्।