सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको विकट हिमाली गाउँपालिकामा नियमविपरीत करोडौं खर्च

२०७९ साउन १०, ०५:२० खबर संवाददाता

धनगढी: बाजुराको हिमाली गाउँपालिकाले नियमविपरीत करोडौं खर्च गरेको पाइएको छ। गाउँपालिका क्षेत्र विकट भए पनि त्यहाँका जनप्रतिनिधिहरुले नियमविपरीत करोडौं खर्च गरेको पाइएको हो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन व्यवस्थापन सर्वेक्षणको आधारमा स्थायी प्रकृतिको काम र सेवा करारबाट लिइने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थाई दरबन्दी सृजना गर्न नसकिने व्यवस्था भएपनि पालिकाले नियमविपरीत कर्मचारी करारमा राखि १ करोड ३७ लाख ८५ हजार ४ सय २० खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यसैगरी सोही ऐनको दफा ८३ (८) वमोजिम पालिकाले नगर प्रहरी, सवारी चालक, कार्यालय सहयोगी, पलम्बर, इलेक्टिसियन, चौकिदार, माले, बगैँचे लागायतका पदमा करारबाट सेवा लिने व्यवस्था छ। तर यसबाहेक पालिकाले करारमा नियुक्त गरी २६ लाख ४८ हजार ३६० खर्च गरेको छ।

कमेन्ट लोड गर्नुस