सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा खोलामा बगेर बालिका बेपत्ता

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ साउन १०, १२:५० खबर संवाददाता

दार्चुला: दार्चुलामा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छिन्। जिल्लाको महाकाली नगरपालिका–३ की १२ वर्षीया कविता बडाल स्थानीय कल्चौडे खोलामा बगेकी हुन्। 

मंगलबार विहान घाँस काटेर फर्कदै गरेका बेला उनी खोलामा बगेको स्थानीयले बताएका छन्। स्थानीयले उनको खोजी गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाले पनि सूचनापछि प्रहरी टोली घटनास्थलतर्फ पठाएको छ। 

कमेन्ट लोड गर्नुस