सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एक युवक मृत फेला, राति जिपभित्रै सुतेका थिए

२०७९ साउन ८, ०२:१९ खबर संवाददाता

बझाङः बझाङमा एक युवक मृत फेला परेका छन्। आइतबार बिहान जिल्लाको बुंगल नगरपालिका-११ पुतलीलेकका २५ वर्षीय बिरेन्द्र बोहरा गाडीभित्रै मृत फेला परेका हुन्। 

प्रहरीका अनुसार उनी राति घर नजिकै पुतलीलेक मोडमा जिपभित्र सुतेका थिए। उनले मादक पदार्थ सेवन गरेको पनि खुलेको छ। बित्थडचिर गाउँपालिकाको बित्थड बजारदेखि पुतलीलेकको लागि हिंडेको सुपप्र ०४००१ च ०१७६ नम्बरको जिपमा बोहरा मृत भेटिएका हुन्। बित्थडदेखि चालक गणेश पातली र मृतक बोहरा पुतलीलेकतर्फ गएका थिए।

राति ९ बजे पुतलीलेक मोडमा पुगेपछि जिप रोकेर चालक पातली र मृतक बोहरा सुतेको र बिहान चालक पातलीले उठाउन खोज्दा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


 

कमेन्ट लोड गर्नुस